२०८२ माघ २८ बुधवार , ०५:५८:५१ बजे

Sajhamanch
'

फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइयो

बुधवार, माघ २८, २०८२

काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइएको बारेको समाचार अनलाइन खबरमा प्रकाशित छ ।

इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो । परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स पुगेको थियो ।

परिसरको हिरासतमा राखेर पाठकविरुद्ध अनुसन्धान अघि बढाइएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । उनकाअनुसार विद्युतीय कारोबार ऐन, आपराधिक लाभ जस्ता विषयमा उनीमाथि अनुसन्धान हुने बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई पाठकले धम्की दिएका थिए ।

काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेका थिए ।

फिलिपिन्सको ब्यूरो अफ इमिग्रेशन ९बीआई० ले उनलाई नियन्त्रणमा लिइएको विज्ञप्ति जारी गर्दै जानकारी गराएको थियो ।

जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०बाट जारी डिफ्युजन जारी भएको थियो । नेपाल प्रहरीको समेत अनुरोधपछि पाठकलाई नियन्त्रणमा लिइएको फिलिपिन्सको इमिग्रेशनले विज्ञप्तिमार्फत जनाएको छ ।

पत्र र भिडियो सन्देशमार्फत उच्च पदस्थमाथि धम्की दिएको खुलेपछि प्रहरीले पाठकमाथि अनुसन्धान अघि बढाएको थियो ।

पाठक भने यसअघि चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस ९क्रिमिलन रेकर्ड सिस्टम० जाँच गर्दा चार वटा कसुरमा मुद्दा चलेको खुलेको थियो ।

पाठकमाथि सार्वजनिक अपराध ९अभद्र व्यवहारको कसुर० देखि ठगी तथा आपराधकि विश्वास, आपराधिक लाभसम्मको मुद्दा चलेको भेटिएको थियो ।

सम्बन्धित खबर