२०८२ माघ १४ बुधवार , ०८:१५:२२ बजे

Sajhamanch
'

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था

बुधवार, माघ १४, २०८२

काठमाडौं । पाँच वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छन् । बुधबार बैंकहरुले चालू आवको साउनदेखि पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा दुई बैंकको नाफा बढेको छ भने तीनको घटेको छ । नेपाल बैंक र एभरेष्ट बैंकले नाफा बढाउँदा प्रभु, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकको नाफामा गिरावट आएको हो ।

कुनको कस्तो छ अवस्था 

नेपाल बैंक: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशत बढी हो । त्यसबेला बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १.५९ प्रतिशत, खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशत घटेको छ ।  तर, सञ्चालन मुनाफा भने ३९४.६४ प्रतिशत बढेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ । जबकी यस्तो सूचक अघिल्लो आवको सोही अवधिमा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ ।

एभरेष्ट बैंक: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत, खुद ब्याज आम्दानी ५.९६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २०.३८ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ ।

सिटिजन्स बैंक: चालू आवको साउनदेखि पुससम्म सिटिजन्स बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशत कम हो । त्यसबेला बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी २.२८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३.२४ प्रतिशत घटेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको छ ।

प्रभु बैंक: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो । त्यसबेला बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशत, खुद ब्याज आम्दानी २.३८ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशत बढेको छ ।  सञ्चालन मुनाफा २२.०५ प्रतिशत घटेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५१ पैसा ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत र खुद ब्याज आम्दानी १२.८३ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी ८.६६ प्रतिशत बढेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा रहेको छ ।

  

सम्बन्धित खबर