२०८२ माघ ८ बिहिवार , ११:३९:३८ बजे

Sajhamanch
'

कैलाली –१ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी रद्द

बिहिवार, माघ ८, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदमा मंगलबार उम्मेदवारी दर्ता गरेका पाँच जना उम्मेदवारविरुद्ध बुधबार उजुरी परेकोमा चार वटा उजुरी खारेज भएको छ भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो । यी दुवै उजुरी खारेज भएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उम्मेदवारी परेको थियो । नेपालविरुद्धको उजुरी पनि खारेज भएको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालबिक्रम थापाविरुद्ध परेको उजुरी माथि निर्वाचन आयोगमा छलफल भई तत्कालै खारेज भएको जनाइएको छ ।

सम्बन्धित खबर