
काठमाडौं । काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा जाडफ बढेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । यसले गर्दा जाडो बढेको हो ।मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आज काठमाडौंमा ३.७ डिग्रसी सेल्सियस मापन भएको छ भने ललितपुरको सानेपा क्षेत्रमा ३.३ झरेको छ ।
काठमाडौंमा आइतबारदेखि सुर्य पनि कम देखिन थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जाडो बढ्न लागेको भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ । जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकोले ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।


