२०८२ पौष १८ शुक्रवार , ११:५९:२५ बजे

Sajhamanch
'

तराईका केही ठाउँमा हिजोदेखि घाम लाग्न थाल्यो, काठमाण्डौमा आंशिक बदली

शुक्रवार, पौष १८, २०८२

काठमाण्डौ।  लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशका केही ठाउँहरुमा हिजोदेखि घाम लाग्न थालेको छ । आज पनि तराईका धेरै ठाउँको आकाश खुल्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । घाम लागेसँगै केही दिनदेखि बढेको अत्यधिक चिसो पनि केही कम हुने अपेक्षा गरिएको छ ।तराईमा हुस्सु र कुहिरोका कारण अत्यधिक चिसो बढेपछि धेरै विद्यालयहरू बन्द छन् भने दैनिक कामकाज गर्नसमेत समस्या भइरहेको छ । घाम लागेसँगै बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गर्नेहरूले राहत महसुस गरेका छन् । काठमाण्डौ उपत्यकामा भने आज आंशिक बदली भएको छ ।

काठमाण्डौमा आज दिनभर पूर्ण रूपमा बादल नलागे पनि आंशिक बदली कायमै रहने मौसमविद्को भनाइ छ । हिजोको तुलनामा आज काठमाण्डौको तापक्रम केही बढेको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ, हिजो बिहान ५ डिग्री सेल्सियस थियो ।कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर