२०८२ पौष १७ बिहिवार , ०८:४९:३९ बजे

Sajhamanch
'

पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा धेरैले घट्यो

बिहिवार, पौष १७, २०८२

काठमाडौं । पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा धेरैले घटेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली हवाईमार्ग हुँदै विदेश गएका छन् ।

अघिल्लो वर्ष अर्थात् २०२४ मा १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका थिए । विभागको तथ्याङ्क अनुसार २०२४ को तुलनामा २०२५ मा विदेश जानेको सङ्ख्या १ लाख ५१ हजार २२५ जनाले कम हो ।

अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार २०२५ मा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन् ।

२०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि उडान कटौती हुँदा धेरै नेपाली भारतीय विमानस्थल प्रयोग गरेर विदेश गएका खबरहरू सार्वजनिक भएका थिए । यस्तै नवयुवा आन्दोलनपछि विभिन्न देशले श्रमिक लैजान कम गर्दा पनि विदेशिने नेपालीको सङ्ख्या घटेको हो ।