
बिर्तामोड । गौरवशाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडको १६औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ।
संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष युवराज विमलीले शाब्दिक स्वागत गर्नुभएको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा एक हजार ७०२ जना शेयर सदस्य रहेको र उहाँहरुबाट ९२ लाख ३० हजार २०० रूपैयाँ शेयर पूँजी जम्मा भएको जानकारी दिनुभयो ।
गत असार मसान्तमा संस्थामा ६ करोड ३४ लाख ८३ हजार ६९६ रूपैयाँ ३१ पैसा निक्षेप बचत रहेको तथा ३ करोड ८२ लाख ५९ हजार ४८५ रूपैयाँ ऋण लगानी गरी ६५ लाख ७ हजार ३९९ रूपैयाँ ६५ पैसा आम्दानी गरी सम्पूर्ण खर्च कटाएर ४ लाख १४ हजार ५८४ रूपैयाँ ४३ पैसा नाफा गरेको प्रतिवेदनमा उल्लेख छ।
साधारण सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक नथुनीप्रसाद शाहले प्रस्तुत गर्नुभयो ।
सो अवसरमा पत्रकार रेजिना गौतम, ज्येष्ठ नागरिक तेजनारायण चौधरी, उत्कृष्ट कर्मचारीतर्फ तारा दाहाललाई सम्मान गरियो ।
यस्तै उत्कृष्ट बचतकर्तातर्फ निकीकुमारी शाह, शम्भू शाह, विनिका चौधरी, कृष्णबहादुर राई, मालती चौधरी, असल ऋणीतर्फ भिम विश्वकर्मा, योगेन्द्र भुजेल, विवेक धिमाल, स्वेच्छा खड्कालाई सम्मान गरिएको थियो।
त्यसैगरी उत्कृष्ट बाल बचतकर्तातर्फ आयुष राजवंशी, क्यालिष्टा चौधरी, विनिसा राजवंशी, प्रियन्सा पौडेल, चेञ्जा राजवंशीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक पुष्पलाल चौधरी, सल्लाहकार सदस्य भोजराज सिटौला, कपिलमणि शिवाकोटी, पत्रकार रेजिना गौतमलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव रूपवति राजवंशीले गर्नुभएको थियो ।
साधारणसभा अन्तरगत नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति निर्वाचनको कार्यक्रम रहेको र समिति चयन भए पनि प्राविधिक कारणले निर्वाचन समितिले नाम घोषणा गर्न बाँकी रहेको जनाइएको छ ।


