२०८२ पौष ११ शुक्रवार , ०६:०२:४५ बजे

Sajhamanch
'

बालानन्द शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी, प्रधानमन्त्रीसँग रक्षा र खानेपानी

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ । उहाँलाई आज साढे २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आउनु भएको छ।

केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गर्नु भएको थियो । त्यसमा शर्माले सकारात्मक जवाफ दिनु भएको थियो ।

उहाँको विज्ञतालाई समेत ख्याल गरेर परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

अब प्रधानमन्त्री कार्कीले आफूसँग रक्षा र खानेपानी मन्त्रालय राख्नु भएको छ। आज हुन लागेको मन्त्रिपरषद् विस्तार पाँचौपटक भएको हो ।

सम्बन्धित खबर