२०८२ पौष ८ मङ्गलवार , ०१:००:२९ बजे

Sajhamanch
'

हस्सु र शितलहरका कारण तराईमा विद्यालय धमाधम बन्द

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं ।  तराईका जिल्लाहरुमा लगातारको हस्सु र शितलहरका कारण चिसो बढेपछि विद्यालय बन्द गर्न थालिएको छ।विगत चार दिनदेखि बढेको चिसोका कारण पर्साको वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो बिदा दिएको छ।

वीरगंज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठन–पाठन बन्द गरेको छ।
पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि भोलिसम्म विदा दिएका छन्। यस्तै, बाराको परवानीपुर गाउँपालिकाले पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गराएको छ।सिम्रौनगढ नगरपालिकाले पनि भोलिसम्म विद्यालयमा विदा दिएको छ। यस्तै, रौतहटमा गौर नगरपालिकाले आजदेखि शुक्रबारसम्म सार्वजनिक बिदा दिएको छ। यस्तै महोत्तरीको भंगहा तथा रामगोपालपुर नगरपालिकाले पनि ६ दिनका लागि विद्यालय बन्द गराएका छन्।

पछिल्लो केह दिनयता तराईंका जिल्लाहरुमा निरन्तर शीतलहर चलिरहेको छ। न्यूनतम १३ देखि १४ डिग्री सेल्सियस आसपास मात्र तापक्रम रहने गरेको छ।
चिसो बढ्दा ती क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ भने बालबालिका, वृद्धवृद्धा धेरै मारमा परेका छन्।

सम्बन्धित खबर