२०८२ मंसिर १२, बिहिवार , ११:२२:०९ बजे

Sajhamanch
'

दल दर्ताको लागि चार दिन समय थप, अहिलेसम्म १०६ दलले दिए निवेदन

बिहिवार, मंसिर १२, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने प्रयोजनका लागि हिजोसम्म १०६ वटा दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले दल दर्ताको निवेदन दिने समयावधि चार दिन थप गरेको छ । यसअघि हिजोसम्म म्याद रहेकोमा आयोगले चार दिन थप गरेको हो । आयोगमा अझै १८ नयाँ राजनीतिक दल दर्ता प्रक्रियामा छन् ।

प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र म्याद थपका लागि विभिन्न राजनीतिक दललगायतका सरोकारवालाबाट अनुरोध आएकाले समय थप गरिएको आयोगले जनाएको छ ।

विघटित प्रतिनिधिसभामा रहेका सबै १४ वटै दलले दल दर्ताको निवेदन दिएका छन् । १७ नयाँ दलले पनि आयोगमा निवेदन बुझाएका छन् । आयोगमा सूचीकृत राजनीतिक दलको संख्या भने १३७ पुगेको छ ।

सम्बन्धित खबर