२०८२ मंसिर १०, मङ्गलवार , ०१:३१:०३ बजे

Sajhamanch
'

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै

मङ्गलवार, मंसिर १०, २०८२

काठमाडौं । नेकपा (एमाले) प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिनुभयो ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।

प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ । राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ ।

सम्बन्धित खबर