२०८२ मंसिर ९, सोमवार , १०:२२:२९ बजे

Sajhamanch
'

चार महिनामा आयात र निर्यात बढ्यो, निर्यात झन्डै एक खर्ब नजिक

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना अर्थात साउनदेखि कात्तिकसम्मको अवधिमा १९ प्रतिशतले आयात बढेको छ भने निर्यात साढे ७७ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु नेपालमा आयात हुँदा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन विभिन्न देशमा निर्यात भएको छ । गएको आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल ३८ अर्ब ४३ करोड रुपैयाँ, ठूलो अलैँची ३ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ र सनफ्लावर तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा डिजेल ३१ अर्ब ८९ करोड १५ लाख रुपैयाँ र कच्चा सोयाविन तेल ३० अर्ब ८७ करोड १२ लाख रुपैयाँ बराबरको आयात भएको छ ।