२०८२ मंसिर २, सोमवार , ०३:४६:४६ बजे

Sajhamanch
'

मानवताविरुद्धको अपराधमा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

सोमवार, मंसिर २, २०८२

झापा । बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले आज हसिनासहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गएको वर्षको घटनामा दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा एक हजार चार सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको छ जसमध्ये धेरैजसो सुरक्षा बलको गोलीबाट मारिएका थिए ।

यो प्रदर्शनमा हिंसात्मक दमनको आदेश दिन हसिना जिम्मेवार रहेको अदालतले ठहर गरेको छ । हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

यही प्रदर्शनका कारण हसिनाले सत्ता छाड्नुपरेको थियो र त्यसबेलादेखि उनी भारतमा निर्वासनमा बस्दै आएकी छिन् ।

सम्बन्धित खबर