२०८२ कार्तिक २९, शुक्रवार , ०२:५६:०५ बजे

Sajhamanch
'

हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं । हङकङ सरकारले भोलि नोभेम्बर १५ तारिखदेखि लागू हुने गरी नेपाली राहदानीवाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्यको नियम हटाएको छ ।

हङकङ सरकारले नेपाली राहदानीवाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य देशमा जाँदा तथा फर्कँदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको हो ।

निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको नेपाली महावाणिज्य दूतावास हङकङले जनाएको छ ।

नेपाली राहदानीवाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनुपर्ने नियम लागू भएको थियो ।

ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानीवाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

हङकङ विमानस्थल संसारकै व्यस्तमध्ये एक हो ।

सम्बन्धित खबर