२०८२ कार्तिक २८, बिहिवार , ०५:२५:४६ बजे

Sajhamanch
'

नेप्से सामान्य बढेको दिन ६ वटा कम्पनीको शेयर १० प्रतिशतले उकालो लाग्यो

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव १३ अङ्कले बढेर २ हजार ५४५ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, लगानी, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २३ वटा कम्पनीको शेयर बढेकोमा १२४ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज माबिलुङ इनर्जी, श्वेत–गङ्गा हाइड्रोपावर, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार, रुरु जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै ४ दशमलव ८२ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३२९ वटा कम्पनीका ७६ लाख ५ हजार कित्ता शेयर ३ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ ।