२०८२ कार्तिक २८, बिहिवार , १२:२७:०३ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन ५९०० रुपैयाँले बढ्यो

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन पाँच हजार ९०० रुपैयाँले बढेको छ । आज सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार ३०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर तोलाको तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १७५ रुपैयाँ थियो ।

सम्बन्धित खबर