२०८२ मंसिर १३, शुक्रवार , ०६:१२:२४ बजे

Sajhamanch
'

कोशी, बागमती र गण्डकी प्रदेशका यी सडकखण्ड अझै अवरुद्ध

मङ्गलवार, कार्तिक १९, २०८२

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अझै अवरुद्ध छन् ।

कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ मा बरुणखोला नजिक कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा चारखोले नजिक कोशी लोकमार्ग एकतर्फी रूपमा सुचारु छ ।

बागमती प्रदेशमा बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीनलाई जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशको मुस्ताङमा पहिरोका कारण वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित छुसाङ र ताङ्वे बिचको कालाभीर नजिक जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै घरपझोङ गाउँपालिका–४ मा पाण्डाखोला नजिक जोमसोम–कोरोला सडक खण्ड एकतर्फी रूपमा सुचारु छ ।

222

सम्बन्धित खबर