२०८२ कार्तिक १४, बिहिवार , ०१:१९:४३ बजे

Sajhamanch
'

कोशी प्रदेश सरकारका मन्त्री फेरिँदै

बिहिवार, कार्तिक १४, २०८२

विराटनगर । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार पुनर्गठनको गृहकार्य भइरहेको बताउनु भएको छ ।

विराटनगरमा बुधबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले गठबन्धन दल नेपाली कांग्रेससँग मन्त्रिपरिषद् हेरफेरका लागि छलफल जारी रहेको जानकारी दिनुभएको हो । कोशी प्रदेशका दुई मन्त्री विवादित छन् । अन्य मन्त्रीको कार्यकुशलता माथि ती दलहरूभित्रै प्रश्न उठिरहेको छ।

सरकारलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद हेरफेर गर्ने बताउँदै राईले भने, ‘हाम्रा साझेदारहरूलाई स्पष्ट भनेका छौं, चुकेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुहोस् र नयाँ अनुहार पठाउनुहोस्।’

प्रश्न उठेका र काम गर्न नसकेका दुवै दलका मन्त्री परिवर्तन हुने उहाँको भनाइ छ । कोशी प्रदेशमा एमालेबाट ४ र कांग्रेसबाट ३ जना मन्त्री र १–१ राज्यमन्त्री छन्।

नेता राईले २३ र २४ भदौको जेन-जी आन्दोलनपछि मुलुक असामान्य अवस्थामा रहेको भन्दै वर्तमान सरकार चुनाव गराउन नबनेको दावी पनि गर्नुभएको छ ।

जेन-जी पुस्ताको शान्तिपूर्ण आन्दोलन अपहरण गरी हिंसा मच्चाउनेहरू माथि कडा कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उहाँको भनाइ छ।

सम्बन्धित खबर