२०८२ कार्तिक ११, सोमवार , ११:१०:१४ बजे

Sajhamanch
'

चालू अर्थिक वर्षमा अन्तर्राष्ट्रिय व्यापार बढ्यो

सोमवार, कार्तिक ११, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अन्तर्राष्ट्रिय व्यापार बढेको छ । भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात साउन, भदौ र असोजमा पाँच खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा २६.०४ प्रतिशतले धेरै हो । गएको आर्थिक वर्षको असोजसम्म ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो ।

चाडपर्वको सिजन रहेको पहिलो त्रैमासमा यसवर्ष आयात र निर्यात दुबै बढेको छ । असोज मसान्तसम्म चार खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.७९ प्रतिशत बढी हो ।

यस्तै असोजसम्ममा अघिलो आर्थिक वर्षको भन्दा ८९.६४ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात व्यापार भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ ।

सम्बन्धित खबर