२०८२ असोज २९, बुधवार , १२:४९:११ बजे

Sajhamanch
'

स्पेसएक्सद्वारा विशाल रकेट स्टारशीपको ११औं परीक्षण उडान सफल

बुधवार, असोज २९, २०८२

झापा । स्पेसएक्सले विशाल रकेट ‘स्टारशिप’ को ११औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ‘स्टारशीप’ स्पेसएक्स कम्पनीले विकास गरेको एक अत्याधुनिक, पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने ठूलो अन्तरिक्ष यान हो । यो यान भविष्यमा मानवसहितको चन्द्रमा, मङ्गल ग्रह तथा अन्य अन्तरिक्ष यात्राका लागि प्रयोग गर्ने लक्ष्यसहित निर्माण गरिएको हो ।

अमेरिकाको टेक्सास राज्यमा रहेको स्टारबेस प्रक्षेपण केन्द्रबाट अक्टोबर १३ मा प्रक्षेपण गरिएको यो रकेटको उडान सफल रह्यो । ‘सुपर हेभी’ भनिने तल्लो भाग निर्धारित स्थान मेक्सिकोको खाडीमा सुरक्षित रूपमा समुद्रमा अवतरण भएको छ भने माथिल्लो भागले आफ्नो चढाइ पूरा गरी अर्को चरणमा प्रवेश गरेको स्पेसएक्सले जनाएको छ ।

यस्ता परीक्षणहरू चन्द्रमा र मङ्गल ग्रहमा मानवसहितको यात्रा सम्भव बनाउन आवश्यक पूर्वतयारीका रूपमा गरिएको कम्पनीलाई उद्धृत गरि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सम्बन्धित खबर