२०८२ असोज २६, आइतवार , ०४:४६:५४ बजे

Sajhamanch
'

दशैँ बिदापछि नेप्से १६० अङ्कले घट्यो

आइतवार, असोज २६, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव ८३ अङ्कले झरेर २ हजार ५०३ दशमलव ३५ विन्दुमा झरेको छ ।

दशैँ बिदापछिका ४ कारोबारमध्ये गएको बिहीवारबाहेक नेप्से घटेको छ । दशैँ बिदापछि नेप्से १६० अङ्कले ओरालो लागेको छ । दशैँ बिदाअघि नेप्से २ हजार ६६३ विन्दुमा थियो ।

आज सबै समूहको शेयर घटेकोमा होटल र अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरै तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज बुटवल पावर कम्पनी र नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने ६ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३२४ वटा कम्पनीका १ करोड ४३ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर