२०८२ असोज २२, बुधवार , ०२:४८:३४ बजे

Sajhamanch
'

इलाम र झापाका विपद प्रभावितलाई कोशी सरकारले पठायो थप तीन ट्रक राहत

बुधवार, असोज २२, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरोका प्रभावित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ।

हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्‍याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्रीहरू तीव्र गतिमा पठाइएको बताउनु भयो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो राहत वितरणलाई व्यवस्थित गर्न योजना बनाउन सरकारी संयन्त्रको बैठक राख्नु भएको थियो ।

कार्कीले मृतकका परिवारलाई राहत रकम साथै अत्यावश्यक सामग्री पठाउने कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर जारी राख्ने बताउनु भयो । प्रदेश सरकारका मन्त्रीहरू पनि आ-आफ्नो ठाउँमा फिल्डमै गएर निर्माण र पुनर्निर्माणको काममा ध्यान दिन सुरु गरेको उहाँले बताउनु भयो।

सरकारले राहत सामग्री पठाएसँगै भत्किएका सडक र अन्य संरचनाहरू बनाउनका लागि तयारी थालेको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भएको छ ।

सम्बन्धित खबर