
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको दुई लाख २२ हजार ५०० रहेको थियो ।
यसअघि सुनको उच्च भाउ गएको बुधवार तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ तोलाको दुई हजार ८१० रुपैयाँ पुगेर रेकर्ड बनाएको हो ।