२०८२ असोज ३, शुक्रवार , ०२:१२:४० बजे

Sajhamanch
'

जलेको भवन बाहिरै कोशी प्रदेश सरकारले मनायो संविधान दिवस

शुक्रवार, असोज ३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा जलेको भवन बाहिर संविधान दिवस मनाएको छ ।

शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आगलागी र तोडफोडबाट क्षति पुगेको भवन बाहिर संविधान दिवस मनाएको हो ।

संविधान दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय एकता कायम गरी संविधानको रक्षा गर्न आग्रह गर्नु भएको छ।

आवेग र उत्तेजना तथा प्रतिशोधको भावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनु भएको हो ।

राजनीतिक स्थिरताका लागि समाजमा अमनचयन, शान्ति, सुव्यवस्था कायम राख्दै आपसी सद्भाव र एकतालाई थप सुदृढ बनाउनु पर्ने उहाँको भनाइ छ ।

संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई संविधान संशोधनका माध्यमबाट समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप संविधानको रक्षा गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।

कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको बताउँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले ‌युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

सम्बन्धित खबर