
मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो राजीनामा उपसभामुखलाई बुझाउनुभएको हो ।
सभामुख पाठकले गएको भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा ‘जेन–जी’ ले गरेको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग भई युवाहरूले ज्यान गुमाउनुपरेको घटनापछि आफू भावविह्वल बनेको उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्र रोइरहेको बेला नेपाली नागरिकको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित हुन्छ भन्ने अनुभूति भएको उल्लेख गर्नुभएको छ ।
पाठकले भदौ २४ गते नै राजीनामा दिने घोषणा गर्नुभएको थियो । पाठक राप्रपाको समानुपातिक कोटाबाट प्रदेश सांसद बन्नुभएको हो ।