२०८२ भदौ ३०, सोमवार , ०५:५५:२६ बजे

Sajhamanch
'

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो ।

संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेशिन, विद्युतीय उपकरणलगायतका सामान लुटिएका छन् ।

यस्तै सङ्घीय संसद् सचिवालयले प्रदर्शनसँग सम्बन्धित भिडियो/सूचना दिन पनि आग्रह गरेको छ ।

सोमवार, भदौ ३०, २०८२ | समाज

सम्बन्धित खबर