२०८२ भदौ १२, बिहिवार , १२:२३:२२ बजे

Sajhamanch
'

टी ट्वान्टी अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ । साउथ अस्ट्रेलियाले नेपालमाथि तीन विकेटको जित निकालेको हो । नेपालले दिएको १७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपाल र साउथ अस्ट्रेलियाबीचको दोस्रो खेल पनि अहिले चलिरहेको छ । यसअघि नेपालले अस्ट्रेलियामै टप इन्ड टी–ट्वान्टी शृङ्खला खेलेको थियो ।

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गरेको हो ।

सम्बन्धित खबर