२०८२ भदौ ९, सोमवार , ०४:२२:१२ बजे

Sajhamanch
'

३ कारोबार दिनपछि शेयर बजार दोहोरो अङ्कले बढ्यो

सोमवार, भदौ ९, २०८२

काठमाडौं । ३ कारोबार दिनपछि शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर २ हजार ७६१ दशमलव २६ विन्दुमा पुगेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको २ दशमलव ७९ र माइक्रोफाइनान्सको १ दशमलव ५० प्रतिशतले उकालो लागेको छ ।

आज नारायणी विकास बैंक र विकाश हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन राष्ट्रिय वाणिज्य बैंकको म्युचल फन्ड–१ को शेयर सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ५ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर