२०८२ भदौ ९, सोमवार , १०:२६:०० बजे

Sajhamanch
'

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित

सोमवार, भदौ ९, २०८२

काठमाडौं । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा हिजो बङ्गलादेशसँग पराजित भएको छ । भूटानको थिम्पुमा भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो ।

यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ । समान खेलमा छ अङ्कसहित बङ्गलादेश दोश्रो स्थानमा छ । भारत नौ अङ्कसहित शीर्ष स्थानमा छ ।

यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि बुधवार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतवार भूटानसँग खेल्ने छ ।

सम्बन्धित खबर