
काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा १९ दशमलव २ प्रतिशतले बढेको हो । गएको असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि ५ लाख ५ हजार ९५७ जनाले अन्तिम श्रम स्वीकृति र ३ लाख ३३ हजार ३०९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ६० हजार १०२ जनाले अन्तिम र २ लाख ८१ हजार १९५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।