२०८२ भदौ ८, आइतवार , ११:१०:४७ बजे

Sajhamanch
'

साउनमा वैदेशिक व्यापार बढ्यो, १ खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्ब रुपैयाँको निर्यात

आइतवार, भदौ ८, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार गएको महिना १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ ।

गएको आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ ।

साउनमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँ बराबरको पेट्रोल, ५ अर्ब ८८ करोड ७७ लाख रुपैयाँको डिजेल र ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।

निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको हो ।

सम्बन्धित खबर