२०८२ साउन २९, बिहिवार , ०५:२६:१३ बजे

Sajhamanch
'

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवहरूबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आउँदो कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

प्रधामनन्त्री ओलीले पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका लागि तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास थाल्नुभएको हो ।

प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

सम्बन्धित खबर