२०८२ साउन २८, बुधवार , ०२:१३:०४ बजे

Sajhamanch
'

बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक नेपाली टोली घोषणा

बुधवार, साउन २८, २०८२

काठमाडौं । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि ३० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक म्याट रसले आउँदो भदौ २१ गते र २४ गते हुने दुई वटा मैत्रीपूर्ण खेलका लागि आज प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । खेल दशरथ रङ्गशालामा हुनेछ ।

प्रारम्भिक टोलीमा पर्ने खेलाडीहरूमा अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अञ्जल श्रेष्ठ, अन्जन विष्ट रहेका छन् ।

त्यसैगरी भरत खवास, दीप कार्की, किरण चेमजोङ, मनिस डाँगीलगायतका खेलाडी प्रारम्भिक टोलीमा परेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

सम्बन्धित खबर