२०८२ भदौ २८, शनिवार , ०९:२९:५१ बजे

Sajhamanch
'

बुल्गेरियाकी निकोलाएभाले एभरेस्ट महिला भलिबलमा काठमाडौं स्पाइकर्सबाट खेल्ने

बुधवार, साउन २८, २०८२

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभालाई अनुबन्ध गरेको छ ।

काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् । नेकोभाले बुल्गेरिया, फ्रान्स, अजरबैजानको क्लबबाट खेलेको अनुभव छ ।

पहिलो सिजन पनि बुल्गेरियाकै सेटर आन्द्रे स्भेतानोभाले काठमाडौंबाट खेलेकी थिइन् । पहिलो संस्करणको लिगमा काठमाडौं स्पाइकर्स तेस्रो भएको थियो । एभरेस्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षका लोकबहादुर बुढा रहेका छन् । एभरेस्ट महिला भलिबल लिगको दोस्रो सिजन आउँदो भदौ २० देखि २८ गतेसम्म हुनेछ ।

सम्बन्धित खबर