
काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) का दुई देशले मात्रै एएफसी महिला २० वर्षमुनिको एशियन कप खेल्ने भएका छन् ।
गएको आइतवार सम्पन्न छनोटमा समूह ‘डी’बाट भारत र ‘एच’ बाट बङ्गलादेशले थाइल्यान्डमा अर्को वर्ष आयोजना हुने प्रतियोगितामा छनोट भएका हुन् ।
साफबाट यी दुईसहित नेपाल र भूटानले मात्रै सहभागिता जनाएका थिए । तीमध्ये भारत र बङ्गलादेशल मात्रै छनोट हुन सफल भएका हुन् ।
समूह ‘ए’ मा रहेका नेपाल र भूटान भने समूह चरणबाटै बाहिरिए । नेपाल आफ्नो समूहको उपविजेता बन्यो । नेपालले भूटानसँग १–१ को बराबरी र साउदी अरबमाथि १–० को जीत हात पार्यो ।
१ अङ्क जोडेको भूटान भने तेस्रो स्थानम सीमित रह्यो । भारत समूह ‘डी’को विजेता बन्दै सीधै प्रतियोगितामा प्रवेश गर्यो । भारतले दुई जीत र एक बराबरीको नतिजा ल्यायो ।
अन्तिम खेलमा दक्षिण कोरियासँग ६–१ ले पराजित भएको बङ्गलादेशल भने आफ्नो समूहको उपविजेता बन्दै एशियन कपमा छनोट भयो । योसँगै एशियन कप खेल्ने १२ वटै टोलीको टुङ्गो लागेको छ ।
उत्तर कोरिया, भियतनाम, अस्ट्रेलिया, भारत, चीन, जापान, उज्बेकिस्तान र दक्षिण कोरिया आ–आफ्नो समूहको विजेता बन्दै एशियन कपमा पुगे ।
जोर्डन उत्कृष्ट उपविजेता, बङ्गलादेशल दोस्रो उत्कृष्ट उपविजेता र चाइनिज ताइपेई तेस्रो उत्कृष्ट उपविजेता टोली बन्न सफल भयो । थाइल्यान्ड भने आयोजकको नाताले पहिला नै छनोट भइसकेको थियो ।