२०८२ साउन २३, शुक्रवार , ०३:४२:१७ बजे

Sajhamanch
'

एमालेमा केपी ओलीको नेतृत्व अपरिहार्य : सचिव भट्ट

शुक्रवार, साउन २३, २०८२

धनगढी । नेकपा (एमाले)का सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण होइन, वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताउनु भएको छ।

सचिव भट्टका अनुसार केपी ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उहाँले चालेका कदमको अर्थ पछि मात्र स्पष्ट हुने अद्भुत क्षमता छ। ‘केपी शर्मा ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन,’ सचिव भट्टले भन्नुभयो।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहनुभएका भट्टका अनुसार एमाले हाल वैचारिक र सैद्धान्तिक रूपमा मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्र हो र यो सम्भव बनाउने नेतृत्व केपी ओलीकै हातमा छ। ‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र हुनुहुन्छ। शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो,’ सचिव भट्टले भन्नुभयो।

‘एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै सचिव भट्टले सुधारका लागि पार्टीले आत्मसुधारमा ध्यान दिनुपर्ने छ। ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा छैन,’ राष्ट्रपति संस्थाको गरिमा जोगाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भइसकेका छौँ। गणतन्त्रको गरिमा र गौरवका रूपमा हामीले सम्मान गर्ने निर्णय गरिसकेका छौँ।’

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज भट्टले बैठकमा समर्थन बाहिर बिरोध गर्ने कुराले अर्थ नरहने बताउनुभयो । प्रशिक्षण तथा बैठक कंचनपुरको महेन्द्र नगरमा आयोजना गरिएको हो। पार्टी स्थायी कमिटी सदस्य भानभक्त ढकाल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, एमाले पोलिटब्यूरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा सहित सहभागि रहेको प्रदेश अध्यक्ष नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

केपी ओली बिनाको एमाले असम्भव : भानुभक्त ढकाल

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले केपी शर्मा ओली विनाको एमाले कल्पना पनि गर्न नसकिने बताउनुभएको छ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार कञ्चनपुरमा सम्बोधन गर्दै प्रमुख ढकालले एमालेले आफूलाई देशको प्रमुख शक्तिका रुपमा केपी ओलीकै कार्यकालमा स्थापित गरेकाले केही समयका लागि ओली बिनाको एमालेको कल्पना कसैले नगर्न आग्रह गर्नुभयो।

जनताको बहुदलयि जनवाद अनुसार तीनै तहका सरकारलाई लोककल्याणकारी बनाउन र समेद्ध नेपाल सुखी नेपालीको दिर्घकालीन लक्ष्यलाई पुरा गर्न एक पटक ओलीका नेतृत्व एमालेका लागि अपरिहार्य भएको उल्लेख गर्नु भएका नेता ढकालले भन्नुभयो, ‘केपी ओली बिनाको एमाले बनाउँ भन्न पाइन्छ, म बन्छु, ओली भन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ, तर भन्ने कुरा ठाउँमा भन्नु पर्छ, कुठाउँमा भन्नु भएन। दुई कार्यकाल र ७० वर्षको उमेर हदबन्दी ओलीका लागि मात्र गरिएको होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोच(विचारपछि गरिएको निर्णय हो ।’ उहाँले महाधिवेशनमा प्रतिष्पर्धा गर्न योग्य सबैलाई अधिकार भए पनि पार्टी विधान विपरित हल्ला गर्नु गलत र गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो।

कार्यक्रममा पोलिटब्युरो सदस्य निरुदेवी पालले केपी ओली विनाको एमाले, एमाले विनाको नेपाल र समृद्धिको कल्पना असम्भव भएको उल्लेख गरिन् । ‘यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार छ । केन्द्रीय कमिटीको निर्णय नै विधान र महाधिवेशनको सार हो,’ पालले थपिन् ।

सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पार्र्टी निर्णयलाई सबैले मान्नु पर्नेमा जोड दिँदै भने, “त्यो लेलिनवादी सिद्धान्त र जबजको मूल मर्म भएकाले हल्ला र प्रचारबाजीको पछि लाग्नु नैतिक र सिद्धान्तबिहीन चरित्र भएको टिप्पणी गरे ।

बैठकमा प्रदेशस्तरीय र जिल्ला प्रतिनिधिहरूले स्थानीय चुनौती, अवसर र आगामी गतिविधिबारे सुझाव राखेका थिए। प्रेस चौतारी सुदूरपश्चिम प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा भएको बैठक विभिन्न जिम्मेवारी बाँडफाँडसहित २०८२ सालभर सञ्चालन हुने अभियान बारे छलफल भएको छ ।

सम्बन्धित खबर