
काठमाडौं । आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले बढेर दुई हजार ८५० दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै उपसमूहको शेयर बढेर बजार हरियाली भएकोमा फाइनान्स, उत्पादन र अन्य समूहमा एक प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।
आज सिकलेस जलविद्युत् आयोजना र बरुण जलविद्युत् आयोजनाको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज उन्नती सहकार्य लघुवित्तको शेयर भने ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो सात अर्ब ६३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज आठ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।