२०८२ असोज २८, मङ्गलवार , ०२:१२:२३ बजे

Sajhamanch
'

महिला पत्रकारको क्षमता र दक्षता बढाउन सरकारको सहयोग हुन्छ : मुख्यमन्त्री कार्की

बुधवार, साउन २१, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्न र पत्रकारितामा महिलाहरूलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ।

सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म पत्रकार महिलाहरूको हितमा काम गर्ने बताउनुभयो।

प्रदेश सरकारले कानुन मार्फत बनाउन लागेको पत्रकारिता प्रतिष्ठान मार्फत पनि पत्रकारको हितमा काम गर्ने सोचाई अगाडि राखेको उहाँले बताउनुभयो। लैङ्गिक मैत्री कानुन बनाउन र महिलाहरूलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिएर काम गर्न आफ्नो तर्फबाट सक्दो पहल र प्रयत्न हुने बताउँदै उहाँले प्रदेश सरकार‌ सञ्चारिका समूहलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

संचारिका समूहकी महासचिव राधा खनालले पत्रकार महिलाहरूका विविध विषय समेटेर ज्ञापनपत्र बुझाउनुभएको थियो। संचारिका समूहकी कोषाध्यक्ष, कोशी प्रदेशको अध्यक्ष लगायतका पदाधिकारीहरू ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

सम्बन्धित खबर