२०८२ साउन १६, शुक्रवार , ०३:२७:१६ बजे

Sajhamanch
'

आमरण अनसन बसेका नगरप्रमुख भट्टराई अस्पताल भर्ना

बिहिवार, साउन १५, २०८२

खोटाङ । विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलाई अस्पताल भर्ना गरिएको छ ।

तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बस्नु भएका भट्टराईलाई बुधबार राति नै अस्पताल भर्ना गरिएको हो ।

उहाँलाई वीर अस्पताल भर्ना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभएको हो । उहाँको आकस्मिक कक्षमा उपचार भइरहेको घिमिरेले बताउनु भएको छ ।

बाँसलाई बिल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न नीति बनाई स्थानीय सामग्री प्रयोग गर्ने पाउनुपर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने नगरप्रमुख भट्टराईको माग छ ।

यस्तै, बाँस रोपणले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने लगायत माग राख्दै भट्टराई सत्याग्रह हुँदै आमरण अनसनसम्म पुग्नु भएको हो ।

गत असार ९ गतेको १३औं नगरसभाको निर्णयले सत्याग्रह बस्ने निर्णयपछि भट्टराई साउन ४ गते बाँसको मान्द्रो, गुन्द्री, राडी, पराल, बाँस लगायत बोकेर काठमाडौं जानु भएको हो ।

सम्बन्धित खबर