
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई सात दिनभित्र हाजिर हुन भनेको हो ।
आफूखुसी गैरहाजिर भएकाहरुमा १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्राविधिक प्रहरी सहायक हबल्दार, १६ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी छन् ।
गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षकहरु विवेक सायद, देवकी थापा र प्रकाश थारु छन् । उनीहरु गत जेठ महिनादेखि सम्पर्कमा छैनन् ।
यसैगरी प्राविधिक प्रहरी सहायक हबल्दार नरकुमार ओजी गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन छन् ।
प्रहरी जवानहरु धन सिंह बुढा, गौतम कुमार पाचेमगर, अर्पण पोख्रेल, युवराज खड्का, सन्दिप विश्वकर्मा, विकास आचार्य, सुजन ओझा, अजित कुमार चौधरी पनि आफूखुसी गैरहाजिर भएका छन् ।
यसैगरी दिपेन तिवारी, दिलिप कुमार साह, सरोज थापामगर, धिरबहादुर रावत, विष्णु दर्लामी, लालु काफ्ले, दिपराज बुढा, विनोद साह तथा प्रहरी कार्यालय सहयोगहरु कमलबहादुर माझी र मनबिर सिंह धामी पनि सम्पर्कविहीन छन् ।
उनीहरुको नाम ठेगानासहितको विवरण सार्वजनिक गर्दै सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित य कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनु होला ।’
अन्यथा सेवाबाट हटाउने प्रक्रिया सुरु गर्ने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
हेर्नुहोस् सूचना–