२०८२ साउन ११, आइतवार , १०:००:४८ बजे

Sajhamanch
'

आज ७६ औँ हलोक्रान्ति दिवस

आइतवार, साउन ११, २०८२

काठमाडौं । आज ७६ औँ हलोक्रान्ति दिवस । लमजुङको सुन्दरबजार नगरपालिका–४, दुराडाँडा अर्चल्यानीमा रहेको ऐतिहासिक हलोक्रान्ति स्थल बाटेगरामा यो दिवस मनाईंदै छ ।

‘ब्राह्मणले हलो जोत्नु हुँदैन’ भन्ने मानसिकता रहेको तत्कालिन राणाकालिन समयमा २००६ साल साउन ११ गते नेपालकै इतिहासमा पण्डित तोयानाथ अधिकारीले आफू नेतृत्वमा बाटेगरामा एक हल गोरु जोतेर हलोक्रान्तिको शुरुवात गर्नुभएको थियो । त्यही सम्झनामा स्थानीयबासिन्दाले हरेक वर्ष साउन ११ मा हलोक्रान्ति दिवस मनाउँछन् ।

तोयानाथ, शेषकान्त अधिकारी, हरिभक्त पौडेल, हरिदासलगायतलाई सम्झने गरिन्छ । लमजुङबाट शुरु भएर २००६ सालको पुसमा तनहुँ, २००७ साल वैशाखमा अर्घाखाँची, गोरखा र २००८ सालमा स्याङ्जामा पनि हलो जोत्ने अभियान चल्यो ।

त्यसपछि कास्कीको बाटुलेचौरमा पण्डित मुक्तिनाथ तिमिल्सिनाको नेतृत्वमा बारी जोतियो । २००७ साल फागुन ७ मा राणाशासन अन्त्य भयो तर हलो क्रान्तिको प्रभाव भने २०११र१२ सालसम्म पनि कायमै रहेको थियो ।

सम्बन्धित खबर