२०८२ साउन ४, आइतवार , ०१:०४:३८ बजे

Sajhamanch
'

पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटियो

आइतवार, साउन ४, २०८२

काठमाडौं । पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटिएको छ । आज बिहान घरमाथीबाट पहिरो झरेको थियो । पहिरोबाट ७० वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती विष्णुमतीको शव निकालेको प्रहरीले जनाएको छ ।

मृतकको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नुअघि नै घरबाट निस्कन सफल भएको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । गएरातिदेखि पर्वत र आसपासका क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

सम्बन्धित खबर