
काभ्रेपलाञ्चोक । पहिरोले दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर सडकखण्ड अवरुद्ध भएको हो ।
सडक खुलाउने पहल भइरहेको तर खुल्न केही समय लाग्न सक्ने उहाँले बताउनुभयो । गसैगरी कालिन्चोक गाउँपालिका ६ लापिलाङ जाने सडक पनि अवरुद्ध भएको छ ।
गोदुङ भन्ने ठाउँमा खहरेखोलाको पानी राति जमेर एकैपटक खुल्दा सडकमा क्षति पुगेको छ ।
सडकको भागमा माटोको लेदो र ढुङ्गा जमेर असर पुगेको छ । साथै सडकको ढलान मुनि समेत भत्किएको छ । त्यसैले चारपांग्रे सवारी साधन हाल चल्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।