२०८२ साउन ४, आइतवार , ०२:२९:३४ बजे

Sajhamanch
'

पर्वतको लाङ्दीमा पहिरो : १ जनाको ज्यान गयो, पुरिएकी महिलाको खोजी चल्दै

आइतवार, साउन ४, २०८२

काठमाडौं । पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार, पहिरोले घर पुरिँदा ७० वर्षीय छविलाल विश्वकर्माको ज्यान गएको हो । उहाँकी श्रीमती विष्णुमती विश्वकर्मा पहिरोमा पुरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिहान गएको पहिरोले एकतले घर पुरेको थियो । विश्वकर्मा दम्पत्तिको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ घरबाट निस्कन सफल भएकाले सकुशल रहेको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बेपत्ता विष्णुमतीको खोजीका लागि प्रयास भइरहेको तर लगातार पानी परिरहेकोले कठिनाइ भइरहेको उहाँले बताउनुभयो । गएरातिदेखि पर्वत र आसपासका क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

सम्बन्धित खबर