
काठमाडौं । हिजो खासै घटबढ नभएको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ०४ अङ्कले बढेर २ हजार ७०५ दशमलव ९० विन्दुमा पुगेको छ ।
आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैकिङ समूहको शेयर १ दशमलव ६८ प्रतिशतले उकालो लागेको छ ।
आज वरुण हाइड्रोपावर कम्पनीको शेयर ६ दशमलव २१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंकको शेयर भने ४ दशमलव ४१ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३१६ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ४५ करोड रुपैयाँमा किनबेच भएको छ ।