
काठमाडौं । चौंथोपटक एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली गएराति स्वदेश फर्किएको छ । नेपाली टोली ट्रफी लिएर राति फर्किएको हो ।
अस्ति शनिवार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।