२०८२ असार २२, आइतवार , ०३:५७:३८ बजे

Sajhamanch
'

लगानीको अवसर आयो : गभर्नर पौडेल

आइतवार, असार २२, २०८२

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले यति बेला लगानीको अवसर रहेको बताउनुभएको छ ।

आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’ लाई सम्बोधन गर्दै उहाँले अहिले लगानीयोग्य रकम पर्याप्त रहेका कारण लगानीको अवसर रहेको बताउनुभयो । बैंकमा निक्षेप उच्च र विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बेला दिगो र सन्तुलित विकास हुने गरी लगानी अवसर हुने उहाँको भनाइ छ ।

राष्ट्र बैंकसँग बैंकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ रकम थन्किएको भन्दै उहाँले अब वित्त नीतिले नेतृत्व गरी लगानीका क्षेत्र पहिचान गर्नुपर्ने बताउनुभयो । मौद्रिक नीति र वित्त नीतिबीच समन्य गरेर अघि बढ्नुपर्ने बेला रहेकोमा उहाँको जोड छ ।

अहिले पनि ग्रामीण क्षेत्रमा चाहे अनुसार ऋण जान नसकेको भन्दै गभर्नर पौडेलले आउँदो मौद्रिक नीतिबाट त्यसलाई सम्बोधन गर्ने बताउनुभयो ।