२०८२ असार १५, आइतवार , ०५:११:३९ बजे

Sajhamanch
'

नेप्से २६०० विन्दुमाथि उक्लियो, कारोबार रकम भने घट्यो

आइतवार, असार १५, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज उत्पादनबाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर २ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक र लघुवित्त समूहको शेयर डेढ प्रतिशतले उकालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार दोहोरो अङ्कले बढेको दिन जोशी हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ७ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३२८ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर