२०८२ असार १३, शुक्रवार , ०५:०३:२४ बजे

Sajhamanch
'

सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरे

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरेका छन् । सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर प्रदर्शन गरेका छन् ।

सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजदेखि फेरि आन्दोलन थालेका हुन् ।

यसअघि पनि आन्दोलन गरेका सुनचाँदी व्यवसायीले असार ५ गतेदेखि स्थगित गरेका थिए । सुनचाँदी व्यवसायीको आन्दोलनका कारण काठमाण्डौको न्युरोड क्षेत्रको यातायात प्रभावित भएको छ ।

दुई वटै महासङ्घले आजदेखि अनिश्चितकालीन व्यवसाय बन्द गर्ने घोषणा पनि गरेका छन् ।

सम्बन्धित खबर