२०८२ असार ८, आइतवार , ०९:३४:२६ बजे

Sajhamanch
'

भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

आइतवार, असार ८, २०८२

काठमाडौं । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्‍याइ बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले ३५ जना नेपालीको उद्धार गरिएको जानकारी दिएको छ ।

काशीपुरबाट उद्धार गरिएका ती युवाहरु १६ देखि ४१ वर्षसम्मका छन् । उनीहरू दुई हप्तादेखि १० महिनासम्म बन्धक थिए । उद्धार गरिएकाहरु ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, सुनसरी, उदयपुर, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी जिल्लाका छन् ।

दूतावासले विज्ञप्ति निकालेर उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्‍याइएका युवालाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिलाई समेत उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खबर